बिर्तामोड

उधोग वाणिज्य महासंघको प्रदेश १ समितिमा त्रिपक्षीय भिडन्त

उधोग वाणिज्य महासंघको प्रदेश १ समितिमा त्रिपक्षीय भिडन्त


बिर्तामोड । नेपाल उधोग वाणिज्य महासंघको प्रदेश १ समितिमा त्रिपक्षीय भिडन्त हुने भएको छ । महासंघको पुष ११ गते विराटनगरमा हुने निर्वाचनमा हालसम्म तीन जनाको उम्मेद्वारीलाई बलियो रुपमा हेरिएको छ ।

झापाका राजेन्द्र घिमिरे, केशव पाण्डे र मोरङ भीम घिमिरे प्रदेश अध्यक्षका लागि तयारी बनेका छन् । घिमिरे झापा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवम् नेपाल चेम्बर्स अफ कमर्श प्रदेश १ का अध्यक्ष हुन् । अर्का अध्यक्षका प्रत्यासी पाण्डे नेपाली कांग्रेस झापाका कोषाध्यक्ष हुन् । उनी मेची उधोग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् प्रदेश सभा सदस्यका उपविजेता हुन् ।

प्रदेश १ का अध्यक्षका अर्का प्रत्यासी मोरङ उधोग संघठनका अध्यक्ष घिमिरे बलिया दावेदार मानिन्छन् । सोहि जिल्लाका व्यवसायी महेश जाजुको पनि अध्यक्षमा चर्चा शुरु भएको छ । जाजु मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् एसियन थाइफुड्सका प्रवन्ध निर्देशक हुन् ।

शेयर गर्नुहोस :

0
Shares