काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच आफ्नो पक्षमा महासचिव कसलाई बनाउने भनेर विवाद शुरु भएको छ । यो विवादमा अर्का नेता झलनाथ खनालपनि थपिनु भएको छ ।
महासचिवमा प्रचण्डले जनार्दन शर्मा, नेपालले भिम रावल र खनालले सुरेन्द्र पाण्डेलाई बनाउनुपर्ने लविङ शुरु गर्नुभएको छ । नेकपामा तेस्रो वरियतामा रहेका खनालले प्रचण्ड र नेपाललाई अध्यक्ष स्विकार गरेकाले आफुले भनेको व्यक्ति महासचिव हुनुपर्ने जिकिर गर्नुभएको छ ।
सो पक्षले भोली केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले महासचिव छान्ने तयारी गरेको छ । तर, शिर्ष नेताबीच कसलाई बनाउने भनेर विवाद देखिएपछि छलफल भईरहेको नेताहरुले जानकारी दिएका छन् । पार्टी गठन भएकै भोलीपल्ट देखी सो समुह कसलाई महासचिव बनाउने भनेर विवादमा फसेको हो ।







प्रतिक्रिया