Banner news

इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ

इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ


बिर्तामोड । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय कुमार शाह र पिरचर आशिर आलमलाई झापा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरीगञ्जबाट शनिवार साँझ पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

नागरिकता जारी गर्दा समस्या देखिएकाले सोधपुधका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएका छन् । गौरीगञ्ज इप्रकाबाट जारी गरेको ३ वटा नागरिकतामा प्रक्रिया सहि नभएकोले सोधपुछ शुरु गरिएको बताइएको छ ।
इलाका प्रशासनका प्रमुख शाह र परिचर दुवै गौरीगञ्जबासी हुन् ।

शेयर गर्नुहोस :

0
Shares