बिर्तामोड

एमसीसी कार्यान्वयन गर्न सहयोग गर्नुहोस् : मन्त्री रायमाझी

एमसीसी कार्यान्वयन गर्न सहयोग गर्नुहोस् : मन्त्री रायमाझी

sf7df8f}F !@ k’; M phf{,hn;|f]t tyf l;+rfOdGqL 6f]kaxfb’/ /fodfemL cfOtaf/ l;+xb/af/l:yt dGqfnodf kbef/ u|x0f ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ,  देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।’

sf7df8f}F !@ k’; M phf{,hn;|f]t tyf l;+rfOdGqL 6f]kaxfb’/ /fodfemL cfOtaf/ l;+xb/af/l:yt dGqfnodf kbef/ u|x0f ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराए ।

शेयर गर्नुहोस :

0
Shares