बिर्तामोड । किर्ते नागरिकता प्रकरणमा थप एक जना पक्राउ परेको सार्वजनिक भएको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय कुमार र परिचर आशिर आलमसँगै गौरादह –७ का कृष्ण प्रसाद तिम्सिना पक्राउ परेको झापा प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
शनिवार साँझ शाह र आलम पक्राउ गरिएको सूचना बाहिर आएको थियो । उनीहरुसँगै तिम्सिना समेत पक्राउ गरेको प्रवक्ता थापाले पुष्टि गरेका छन् । उनीहरुले गौरादह –७ का तीन जना व्यक्तिलाई किर्ते नागरिकता दिएको अनुसन्धानका क्रममा खुलेको छ । थप अनुसन्धानका लागि झापा अदालतबाट ५ दिनको म्याद थप गरी नागरिकता कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले बताए ।








प्रतिक्रिया