Banner news

इजलास विश्वसनीय सञ्चार माध्यमको रुपमा स्थापित : प्रधानमन्त्री ओली

इजलास विश्वसनीय सञ्चार माध्यमको रुपमा स्थापित : प्रधानमन्त्री ओली

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

विर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिक पाँचौं वर्षमा प्रवेश गरेको छ । जिल्लाकै कान्छो दैनिक पत्रिका इजलास ०७४ बैशाख १ गतेबाट नियमित प्रकाशित हुँदै आएको हो ।

झापाको विर्तामोडबाट प्रकाशित इजलासले अखवारसहित आफ्नो अनलाइन न्यूज पोर्टल इजलास डटकम सञ्चालन गर्दै आएको छ । सामाजिक विकृति विसंगति, भ्रष्टाचार र वेथिती विरुद्ध सशक्त मुद्दा उठाइरहेको इजलासले हरेक नागरिकको सूचनाको हकलाई प्रत्याभुत हुने गरि काम गर्दै आएको सम्पादक प्रदीप परियारले जानकारी दिए ।

पाँचौं वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदैं विश्वसनीय सञ्चार माध्यमको रुपमा आफ्नो छवि स्थापित गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले इजलासले विचार र अभिव्यक्ति स्वतन्त्रतामा देश , समाज र सभ्यताप्रतिको उत्तरदायित्व बहन गरिरहेको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न इजलासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शुभकामना दिदैं प्रधानमन्त्री ओलीले भने ।

शेयर गर्नुहोस :

0
Shares