भद्रपुर

चट्याङ लागेर झापामा प्रहरीको मृत्यु

चट्याङ लागेर झापामा प्रहरीको मृत्यु


भद्रपुर । किच्चकबध प्रहरी चौकीका प्रमुख महादेव ठाकुरको सोमवार राति चट्याङ लगेर मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. २ स्थित चौकीबाट साइकलमा गस्ती लिएर हिँडेका प्रहरी सहायक निरीक्षक (असई) ठाकुर चट्याङ लागेर घटनास्थलमै वेहोश भएका थिए ।

यो घटना सोमबार राति पौने ११ बजेतिरको हो । तत्कालै उनलाई ओमसाइ पाथिभरा हस्पिटल पुर्याइएको थियो । तर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

ठाकुर ४७ वर्षका थिए । सीमा नजिक रहेको कारण चौकीबाट प्रहरीहरु रात्रि गस्तीमा निस्किने गरेका थिए । सोमवार राति ठूलो हावाहुरी र वर्षासँगै चट्याङ परेको थियो । गस्ती खटिएका उनका साथीहरु सुरक्षित छन् ।

शेयर गर्नुहोस :

0
Shares