मुख्य समाचार

नयाँ दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार सुरु

नयाँ दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार सुरु


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु गरिएको छ।

उनको बुधवार नयाँ दिल्ली पुर्‍याएलगत्तै एपोलो अस्पतालमा उपचार सुरु गरिएको हो।

खनाललाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालबाट थप उपचारका लागि दिल्ली लगिएको हो । नेपाल बायु सेवा निगमको जहाजबाट खनाललाई बुधवार दिल्ली लगिएको थियो ।यसअघि खनाललाई कोरोना सङ्क्रमण भई निको भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares