Banner news

चुनावअघि नै खोपको व्यवस्था गर्ने : स्वास्थ्यमन्त्री

चुनावअघि नै खोपको व्यवस्था गर्ने : स्वास्थ्यमन्त्री


काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले चुनावअघि नै नागरिकलाई खोपको प्रबन्ध मिलाइने जानकारी दिनुभएको छ ।

शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले चुनावअघि सबै नागरिकलाई खोप लगाइने बताउनुभयो । मन्त्री श्रेष्ठले शुक्रबार नै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको छ ।

उहाँले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गर्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares