मुख्य समाचार

ठाकुर पक्ष सरकारमा सहभागी नहुने

ठाकुर पक्ष सरकारमा सहभागी नहुने


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

ठाकुर पक्षले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले बताए ।

शेयर गर्नुहोस :

0
Shares