मुख्य समाचार

काँग्रेसका सभापतिहरू धर्नामा बस्ने

काँग्रेसका सभापतिहरू धर्नामा बस्ने


काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले धर्ना दिने तयारी गरेको सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिएका हुन् ।

सभापति लामाका अनुसार धर्ना आज बिहान ११ बजेदेखि सुरु हुनेछ । क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू सङ्घर्षका कार्यक्रम गरिने लामाले बताए । ‘आज हामी काठमाडौँमा उपलब्ध भए जति सभापतिहरू गएर धर्ना सुरु गर्छौँ,’ उनले भने, ‘क्रियाशीलमा मनपरी भएको छ, कार्यकर्ताले सूची हेर्न नपाएसम्म धर्ना जारी रहन्छ ।’

एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा सभापति चयन क्षेत्रीय प्रतिनिधिबाट गर्दा जिल्ला सभापतिहरूको अपमान भएको पनि आरोप लगाइएको छ । ‘हामीले विषय उठाउँदा होइन भनेर नेतृत्वले टार्छ,’ लामाले भने, ‘त्यसो होइन भने सार्वजनिक गर्न किन डराएको त ?’

आज (मंगलबार) हुने धर्नाको नेतृत्व काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने लामाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares