मुख्य समाचार

संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्थ्यो : शंकर पोखरेल

संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्थ्यो : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यदि दुई वर्षअघि पुस ५ गते भएको संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्ने बताउनु भएको छ ।

समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित बधाई कार्यक्रमलाई सम्बोधनका क्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले, ‘यदि पुस ५ गते जनतामा जाने फैसलाको कार्यान्वयन भएको भए मुलुकलाई आज विकासको गतिमा अघि बढाउन सकिन्थ्यो । अहिलेको चुनावी जनादेश एमालेले जुन छ, यसले सही बाटो समाउन सक्दैन भन्ने छ । हामीले चुनावअघि नै गठबन्धनलाई नेतृत्व लिएर जानुस् भनेका थियौ तर त्यसो भएन।’

शेयर गर्नुहोस :

0
Shares