मुख्य समाचार

प्रदेश १ : कांग्रेस संसदीय दलको नेता हुन तीन जनाबीच पतिस्पर्धा

प्रदेश १ : कांग्रेस संसदीय दलको नेता हुन तीन जनाबीच पतिस्पर्धा


विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् । दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।

शेयर गर्नुहोस :

0
Shares