झापा

एयरगन र पेस्तोलसहित ४ पक्राउ

एयरगन र पेस्तोलसहित ४ पक्राउ


काँकरभिट्टा । मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एयर गनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन ।

सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको थियो ।

सो एयर गन र गोलीसहित पक्राउ परेका चारै जनाको हातहतियार खजनामा मुद्वा दर्ता भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares