मुख्य समाचार

सांसद श्रेष्ठबारे निर्णय आजै निर्णय हुँदै

सांसद श्रेष्ठबारे निर्णय आजै निर्णय हुँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो ।

बैठकले सांसद ढाकाप्रसाद श्रेष्ठलाई कारबाही गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्न लागेको छ ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ बाहिरिएको थियो ।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनका उक्त रकम चाहिएको श्रेष्ठले अडिओमा भनेका छन् ।

बुधबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि निर्धारित समयमा बस्न नसकेको हो ।

चितवनबाट आइपुगेका लामिछानेले बैठकअघि सांसद श्रेष्ठसँग छलफल गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares