मुख्य समाचार

दुर्गा प्रसाईंसँग ढाका श्रेष्ठले रकम मागेको पुष्टि भयोः रवि लामिछाने

दुर्गा प्रसाईंसँग ढाका श्रेष्ठले रकम मागेको पुष्टि भयोः रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टि भएको बताउनु भएको छ ।

आज बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै सभापति लामिछानेले ढाकाले गरेको रकम वार्गेनिङ प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘ढाकाजीले दुर्गा प्रसाईंसँग रकम मागेको कुरा पुष्टि भयो। उहाँलाई पार्टी साधारण सदस्य र सांसद पदबाट हटाउने निर्णय भएको छ । अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँदैछौं ।’

शेयर गर्नुहोस :

0
Shares