मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै, तीनवटा विधेयक पेस हुने

प्रतिनिधिसभा बैठक बस्दै, तीनवटा विधेयक पेस हुने


काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धि तीनवटा विधेयक पेस गरिनेछ ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

शेयर गर्नुहोस :

0
Shares