मुख्य समाचार

राष्ट्रियसभाको बैठक आज, यस्ता छन् कार्यसुची

राष्ट्रियसभाको बैठक आज, यस्ता छन् कार्यसुची


काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने माननीय सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार ,पहिलो संशोधन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares