मुख्य समाचार

सभामुखलाई हस्ताक्षर गराएकोमा माओवादीभित्र असन्तुष्टि

सभामुखलाई हस्ताक्षर गराएकोमा माओवादीभित्र असन्तुष्टि


सांसदले लेखे–हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु

विराटनगर । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर माओवादी नेताले असन्तुष्ट जनाएको छन् ।

सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पु¥याएपछि माओवादी नेताहरुले आलोचना गरेका हुन् ।

माओवादी प्रदेश सांसदहरूले सभामुखको हस्ताक्षरप्रति असन्तुष्ट जनाउँदै फेसबुकमा लेखेका छन् । माओवादीका प्रदेश कमिटी सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ ले हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरेको टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले !!’

शेयर गर्नुहोस :

0
Shares