मुख्य समाचार

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

साउन ८ गते उहाँ स्वदेश फर्किने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको छ ।

शेयर गर्नुहोस :

0
Shares