मुख्य समाचार

कार्यवाहक नगरप्रमुखको जिम्मेवारी शनिवारसम्मलाई मात्रै

कार्यवाहक नगरप्रमुखको जिम्मेवारी शनिवारसम्मलाई मात्रै


शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कार्यवहाक नगरप्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष विष्णु प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्यवाहक दिएको आलोचना समेत भएको थियो ।
जापान भ्रमणका क्रममा रहेका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकालाई जिम्मेवारीको पत्र संशोधन गरेर वडाध्यक्ष प्रसाईलाई भाद्र ०२ गते सम्ममा कामकाज गर्न नगरपालिकालाई पत्र पठाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकामा जापान सरकारले सञ्चालन गरेको जाइका नामक परियोजनाका क्रममा कृषि प्रणालीको अवलोकन गर्न नगरप्रमुख थोप्रा जापान भ्रमणमा गएका हुन् ।

शेयर गर्नुहोस :

0
Shares