Banner news

विश्वासको मत माग्न १० करोड अफर आयोः अध्यक्ष लिङ्देन

विश्वासको मत माग्न १० करोड अफर आयोः अध्यक्ष लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गर्नु भएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गर्नु भएको हो।

उहाँले सामाजिक सञ्जालमा लेख्नहुन्छ, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ।

शेयर गर्नुहोस :

0
Shares