मुख्य समाचार

एमालेको अडानः सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न सक्दैनौँ

एमालेको अडानः सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न सक्दैनौँ


काठमाडौँ । नेकपा एमालेले ६० केजी सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न नसकिने अडान कायमै राखेको छ ।

आइतबार सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँगको छलफलका क्रममा एमालेले सो अडान कायमै राखेको हो ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले साउन ३ गते बरामद भएको ६० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म अघि बढ्न नसकिने बताउनु भयो ।

‘अहिले आन्तरिक छलफलमै छौँ । तर उच्चस्तरीय समिति नबनेसम्म हामी अघि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो, ‘सुन प्रकरणमा एमाले उच्चस्तरीय समितिबाट दायाँ बायाँ हुँदैन ।’

उहाँले यति लामो समयसम्म सदन बन्धक बनाउन नहुने पनि बताउनु भयो । ‘सुन तस्करीमा उच्च तहको संलग्नता रहेको कुरा आइरहेको छ’, उहाँले भन्नुभयो, ‘एमालेले उठाएको जायज माग सुन्न सरकार तयार भए सदन रोकिँदैन ।’

शेयर गर्नुहोस :

0
Shares