विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । विराटनगरमा सुरु भएको अधिवेशन भोली सकिने छ ।
अधिवेशनको लागि प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधिहरु सहभागी छन् । उद्घाटनमा एमालेका शीर्ष तहका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल, किशोर मल्ल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, निवर्तमान अध्यक्ष तथा सांसद सुनिता बराल लगायतका नेताहरु सहभागी भएका छन् । भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अनेरास्ववियुका नेताहरूका अनुसार अध्यक्षका लागि दुई जनाले दाबी गरेका छन् । अध्यक्षका लागि जिबी गजल खड्का र सन्तोष घिमिरेको दाबी रहेको छ । ५१ सदस्यीय प्रदेश कमिटी चयन गर्ने बुझिएको छ ।







प्रतिक्रिया