Banner news

नेकपा एमाले : बिर्तामोडमा मतदान जारी

नेकपा एमाले : बिर्तामोडमा मतदान जारी


बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नयाँ नेतृत्व चयनका मतदान जारी छ । निर्धारित समयभन्दा ढिलो सुरु भएको मतदान जारी रहेको छ ।

एमालेको जिल्ला पार्टी कार्यालयमा मतदान जारी रहेको छ । आज साँझ ५ः३० बजेसम्म मतदानको समय निर्धारण गरिएपनि हालसम्म मतदान जारी छ । मुल प्रवेशद्वारबाट प्रवेश गरिसकेका प्रतिनिधिहरुले मतदान गर्न पाउने बुझिएको छ । ४९९ सय प्रतिनिधि रहेको बिर्तामोडमा अझै १ सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेको एक नेताले जानकारी दिए ।

जेठ १३ गते उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचन भएको हो । ७५ सदस्यीय नगर कमिटीको अध्यक्ष पदमा सुवास भट्टराई र शेखर कडेल प्रतिष्पर्धा गर्दैछन् ।

यस्तै, उपाध्यक्ष पदमा मदन बुढाथोकी र राहुल शर्मा, सचिवमा अम्बिका लिङदेन र लक्ष्मी बाँस्कोटा, उपसचिव खुल्लामा गंगालाल राजवंशी,प्रदीपकुमार संग्रौला,प्रदिप मिलन खरेल, हिमाल कन्दङवाले उम्मेदवारी दिएका छन् । यसैगरी उपसचिव महिला तर्फ चन्द्रकला संग्रौला पकुवाल र डिल्लीमाया आचार्यले उम्मेदवारी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares