मुख्य समाचार

नेकपा एमाले बाह्रदशीको दोस्रो अधिवेशन सुरु

नेकपा एमाले बाह्रदशीको दोस्रो अधिवेशन सुरु


बिर्तामोड । नेकपा एमाले बाह्रदशीको दोस्रो गाउँ अधिवेशन सुरु भएको छ । शनिवार पार्टीका पोलिटव्युरो सदस्य विशाल भट्टराईले गाउँ अधिवेशनको उद्घाटन गरेका हुन् । बाह्रदशीको फुलबारी कवर्ड हलमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले मिसन ८४ का लागि पार्टीलाई सुदृढ र मजवुद बनाउन अपरिहार्य भएको बताएका छन् । उनले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि पार्टीलाई सुदृढ र आन्तरिक एकता बलियो बनाउन आग्रह गरे । दोस्रो गाउँ अधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिदैं नेता भट्टराईले भने, एक्लाएक्लै चुनाव लढ्दा पार्टीले ढुक्कसँग बहुमत ल्याउनेछ । एमालेलाई एक्लो बनाएर अन्य पार्टीहरु गठबन्धन भए पनि एमालेले जनताको साथ पाएर बहुमत ल्याउन सक्षम छ । एमाले एक्लै निर्वाचनमा जाँदा पनि बहुमत ल्याउने गरी काम गर्न उनले निर्देशन दिएका छन् ।

नेकपा एमाले बाह्रदशीका अध्यक्ष बुद्धराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, अमृतलाल राजवंशी, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल, झापा जिल्ला सचिव तुलसी कार्की लगायतले उद्घाटन समारोहमा शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा आयोजकसहित ३ सय ८ जना प्रतिनिधिहरु सहभागी भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares