मुख्य समाचार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

k|wfgdGqL …k|r08Ú sf7df8f}F, ^ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú n] cfˆgf] d[To’kZrft cfˆgf] z/L/sf ;Dk”0f{ c+u bfg ug]{ 3f]if0ff ug{‘x’Fb} . z’qmaf/ laxfg k|1f ejg sdnfbLdf ;lxb wd{eQm /fli6«o k|Tof/f]k0f s]G›n] ! xhf/ j6f lduf}{nf k|Tof/f]k0f ;DkGg u/]sf] pknIodf cfof]lht ljz]if sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqLn] pQm 3f]if0ff u/]sf x’g . k|wfgdGqLn] eGg’eof]]— ……d]/f] d[To’kZrft ;Dk”0f{ z/L/ bfg ug]{ 3f]if0ff ub{5’ .Æ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्नेछन्।

त्यस्तै आजको बैठकमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ पनि दिनेछन्। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जवाफ दिने कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ(आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्।

शेयर गर्नुहोस :

0
Shares