बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् । शनिवार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चार बर्षे कार्यकालका लागि अध्यक्षमा चिमरिया निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमाद्धय मोहनप्रसाद सुवेदी, रमेश अधिकारी, सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारी निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी र शुसिला कटुवाल चयन भएका छन् ।

नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रिय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्य तथा संघको झापा अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा उद्धघाटन समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रिय सचिव भिष्मराज खरेल, नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्य उमेश डालमिया, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रिय सदस्य कुलप्रसाद खरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, एमाले कार्यालय सचिव छबिलाल विक, उद्योग तथा व्यवसायी महासंघ केन्द्रिय सदस्य रिङकुमार आर्चाय लगायतले शुभकामना मनतब्य राखेका थिए ।







प्रतिक्रिया