Banner news

बसपार्कबासीलाई भोक निन्द्रा छैन : पौडेल

बसपार्कबासीलाई भोक निन्द्रा छैन : पौडेल


बिर्तामोड । टेक बहादुर गिरी बसपार्क व्यवस्थापन समिति बिर्तामोडका सचिव शिव पौडेलले सर्वोच्चको फैसलापछि बसपार्कबासीको भोक निन्द्रा हराएको बताएका छन् । उनले फैसलापछि मालपोतमा काम नहुने, रजिष्ट्रेशन पास र धितो बन्धक रोक्का लगायतका कामहरु नभएपछि बसपार्कबासी समस्यामा परेको बताए ।

सभामुख देवराज घिमिरेलाई बसपार्कको समस्या जानकारी दिदैं पौडेलले नगरपालिका र वडाहरुमा समस्या नभए पनि मालपोतमा जग्गा सम्बन्धी काम रोकिदा बसपार्कबासी अत्तालिएको जानकारी गराएका हुन् ।

अहिलेसम्म मालपोतको काम सुरु नभएको पौडेलको भनाई छ । उनका अनुसार बसपार्कबासी ऐलानी जग्गा, विना पैसाको जग्गामा बसेको होइनन् । सरकारलाई बुझाउनुपर्ने कर तिरिरहेको बताउदै उनले जग्गा सम्बन्धी काम नरोक्न माग गरेका छन् । नागरिकको अर्वौ लगानीको सुरक्षा राज्य पक्षले गर्नुपर्ने भन्दै उनले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

शेयर गर्नुहोस :

0
Shares