काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।

आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल सार्वजनिक गरेका हुन् ।
‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, सञ्जालमा लेखिएको छ ।







प्रतिक्रिया