बिर्तामोड

परियार सेवा समाजको अध्यक्षमा पुनः भोला, पाँच जनालाई सम्मान

परियार सेवा समाजको अध्यक्षमा पुनः भोला, पाँच जनालाई सम्मान


बिर्तामोड । परियार सेवा समाज झापाको अध्यक्षमा पुनः भोला परियार सर्वसम्मत भएका छन् । सेवा समाजको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा उनी सर्वसम्मत भएका हुन् ।

झापाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा आज सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर दर्नाल, महिला उपाध्यक्षमा दिलमाया दास, सचिवमा रञ्जित परियार, सहसचिवमा प्रदीप परियार र कोषाध्यक्षमा संगिता शिवा सर्वसम्मत भएका हुन् ।

यस्तै, सदस्यहरुमा सावित्रा बर्देवा, पदम प्रसाद बर्देवा,केदार शिवा, चन्द्रकला कार्कीढोली, सुरजभक्त परियार, सुवास तिखत्री, चन्द्र बर्देवा, जीवन दर्नाल, धनकुमार नेपाली, विनोद दर्नाल, सपना परियार, अञ्जु शिवा, जीवन ठटाल, हिरा परियार, रुद्र भित्रिकोटी,एकता कार्कीढोली र चन्द्रा कार्कीढोली चयन भएका छन् । टिकाराम शिवा संरक्षक रहेको परिवार सेवा समाजले सल्लाहकार समिति बनाएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिहरु, प्रदेश प्रतिनिधिहरु समेत चयन गरेको बताइएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष हस्त परियारले सर्वसम्मत भएको समितिको नाम घोषणा गरेका थिए ।
परियार सेवा समाजको तेस्रो अधिवेशनमा विभिन्न क्षेत्रमा योगदान गरिरहेका पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सहकारीकर्मी पोशक मोते, जनप्रतिनिधि तथा महिला नेतृ सावित्रा बर्देवा, पूर्वशिक्षक गजेन्द्र नेपाली, महिला अटोमेकानिक्स तथा नेतृ निर्मला परियार र शिक्षक रञ्जित परियारलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि परियार सेवा समाजका कोशी इञ्चार्ज धर्म नेपालीले समुदायको हकअधिकारका लागि परियार सेवा समाज सक्रिय भएको बताएका छन् । उनले शिक्षा र स्वास्थ्य अधिकारका लागि सामुदायिक एकता जरुरी रहेको बताए । संविधानले दिएका अधिकारहरुको कार्यान्वयनका लागि खवरदारी गर्दै कला, सीपको संरक्षण तथा संवद्र्धनमा लाग्न आग्रह गरेका छन् ।

तेस्रो जिल्ला सम्मेलनमा केन्द्रीय सदस्य हस्त परियार, निर्मला परियार, सदस्य सचिव गौरीमान परियार, सुमनसिंह परियार लगायतले सेवा समाजको बारेमा धारणा राखेका थिए । जिल्ला अध्यक्ष भोला परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares