Banner news

बाल यौन दुर्व्यवहार : प्रशिक्षक खनालमाथि अनुसन्धान गर्न म्याद थप, मेचे छुटे

बाल यौन दुर्व्यवहार : प्रशिक्षक खनालमाथि अनुसन्धान गर्न म्याद थप, मेचे छुटे


बिर्तामोड । बाल यौन दुरुपयोग मुद्धामा पक्राउ परेका पावरटेक कम्प्यूटर बिर्तामोडका सञ्चालक अलेक मेचे छुटेका छन् । बिर्तामोड प्रहरीले आज मेचे र प्रशिक्षक नारायण खनाललाई थप अनुसन्धानका लागि झापा जिल्ला अदालत पुराएको थियो ।

अदालतले खनालमाथि अनुसन्धान गर्न म्याद थप गरेको छ भने मेचेलाई म्याद नदिएको प्रहरीको भनाई छ । दुवै जनालाई म्याद थपका लागि लगिएको थियो, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने – मेचेलाई अदालतले म्याद नदिएपछि छुटेका छन् । खनालमाथि अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । अनुसन्धानका क्रममा आवश्यक परेको खण्डमा मेचेलाई पनि बोलाउन सक्ने बुझिएको छ ।

उनीहरु विरुद्ध ओजेटीका लागि आउने छात्राको परिवारले मुद्धा दर्ता गराएको थियो ।

यो पनि पढ्नुहोस् : पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालकसहित दुईजना विरुद्ध बाल यौन दुरुपयोग मुद्धा

शेयर गर्नुहोस :

0
Shares