बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद झापाको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा समर्पण खतिवडा सर्वसम्मत भएका छन् । शनिवार बैगुन्धुरामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा खतिवडालाई सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सह–सचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सह–कोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको हो ।
यस्तै, सदस्यहरुमा युवराज कट्टेल, कृष्ण थपलिया, सन्दिप पौडेल, ज्योति प्रसाद न्यौपाने, पुन्य प्रसाद दाहाल, मातृका भट्टराई, थिरेन्द्र भेटवाल, याम प्रसाद संग्रौला, मनोज रिजाल, प्रलाद खड्का र भुवन कटुवाल चयन भएका छन् ।







प्रतिक्रिया