बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ ।

सो क्षेत्रमा विहानैबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित भइसकेका छन् । सुरक्षा अधिकारीहरुका अनुसार राती नै कुकर बम पड्काइसकेको हुन सक्छ ।
स्थानीयका अनुसार राती पड्किएको आवाज पनि सुनिएको छैन । गाडीको ब्याट्री तारसहित कुकर र विर्को समेत फेला परेको हो ।
नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा फालिएको पर्चामा गिरीबन्द्र टि स्टेटको जग्गा कब्जा किन ? भन्दै सात बँुदा लेखिएको छ ।

पहिलो बुँदामा विभिन्न प्रलोमन पार्टी सर्वसाधारण जनताबाट अनावश्यक रुपमा संकलन गरिएको करोडौं रकम सम्बन्धित नागरिकलाई फिर्ता गर्न भनिएको छ ।







प्रतिक्रिया