Banner news

घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर महानन्दचोकमा मनिषा लोहारको हत्या

घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर महानन्दचोकमा मनिषा लोहारको हत्या


बिर्तामोड । तीन ठाउँमा छुरा प्रहार गरेर अर्जुनधारा –६ महानन्द चोकमा आज साँझ एक युवकले युवतीको हत्या गरेका छन् । प्राप्त सूचना अनुसार छुरा प्रहारबाट इलाम फिक्कलकी १९ वर्षीया मनिषा लोहारको मृत्यू भएको छ ।

उनको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए । तत्कालै युवतीको उपचारका लागि विएण्डसी पुराइएको थियो । युवतीको उपचारका क्रममा मृत्यू भएको बताइएको छ ।

 

शेयर गर्नुहोस :

0
Shares