Banner news

घुस लिदालिदै बुद्धशान्ति २ का वडाध्यक्ष ओली बिर्तामोडबाट नियन्त्रणमा

घुस लिदालिदै बुद्धशान्ति २ का वडाध्यक्ष ओली बिर्तामोडबाट नियन्त्रणमा


बितामाडे। झापा बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली  ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ परेका छन् । उनलाई केहीवेर अघि  विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लप नेतृत्वका युवाहरु‌ले नियन्त्रणमा लिएका हुन् ।

सिलिगुडीका अमरनाथ चौहानबाट रकम लिदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विर्तामोड प्रहरीलाई बुझाईएको छ। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् ।

बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार अनुसन्धानका लागि अख्तियारको इटहरीको टोली झापा आईरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares