मुख्य समाचार

रुबीकुमारी साहका हत्या आरोपी पासवानको उपचारको क्रममा मृत्यु

रुबीकुमारी साहका हत्या आरोपी पासवानको उपचारको क्रममा मृत्यु


काठमाडौं । रौतहटका रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । साँझ ६ बजेको समयमा उनलाई किर्तिपुर वर्न अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी अपीलराज बोहराले जानकारी दिए ।

रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाका रुबीकुमारीको गत शनिबार बेलुका हत्या भएको थियो । भोलिपल्ट आइतबार बिहान सडकमा फालिएको सुटकेसमा उनको शव फेला परेको थियो ।

साहका हत्या आरोपी पासवान बुधबार बिहान आफ्नो घरनजिकै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल पुर्याएको थियो ।

तर अस्पताले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेकोमा बुधबार नै वर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

810
Shares