मुख्य समाचार

चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा

चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा


झापा, ११ भदौ  -चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले पहिलो अधिवेशनको अवसरमा सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा बसेको आजको बैठकले आगामी कात्तिकमा हुने अधिवेशनमा ‘चलचित्र पत्रकारिता सम्मान’ र ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। तर, प्राप्त गर्ने व्यक्तिको नाम भने अहिले तोकिएको छैन।

निर्णयअनुसार झापामा रहेर चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने एक जना पत्रकारलाई नगद ११ हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरिनेछ। त्यस्तै, अर्को एक जना पत्रकारलाई नगद पाँच हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ दिइनेछ।

बैठकले संघकी सदस्य अस्मिता साँखीलाई कोषाध्यक्षमा चयन गरेको छ। साथै, सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाई र टिकाराम बाँस्तोलालाई सदस्यमा चयन गर्ने सर्वसम्मत निर्णय भएको सचिव एकराज प्रधानले जानकारी दिनुभयो।

संघले आगामी कात्तिकमा हुने अधिवेशनका क्रममा नयाँ सदस्यता वितरण गर्ने समेत जनाएको छ।

शेयर गर्नुहोस :

189
Shares