एजेन्सी – जर्मनीको अटो उद्योगले गएको वर्ष ५१ हजारभन्दा धेरै रोजगारी कटौती गरेको एक प्रतिवेदनले जनाएको छ ।
कमजोर माग, अमेरिकी भन्सार शुल्क र विद्युतीय गाडीमा महँगो परिवर्तनले गर्दा जर्मन अटो उद्योगले गएको वर्ष व्यापक सङ्ख्यामा रोजगारी कटौती गरेको परामर्शदाता संस्था ‘ईवाई’ को रिपोर्टलाई उद्धत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जर्मन प्रेस एजेन्सी (डीपीए) ले मङ्गलवार उद्धृत गरेको प्रतिवेदन अनुसार जुन महिनासम्मको १२ महिनामा अटो क्षेत्रमा रोजगारी झन्डै ७ प्रतिशतले घटेको छ ।
बृहत् औद्योगिक क्षेत्रमा कर्मचारीको सङ्ख्या झन्डै एक लाख १४ हजारले घटेर ५४ लाख २० हजार पुगेको छ जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २ दशमलव १ प्रतिशतले कम हो ।
जर्मनीका तीन ठूला अटोमेकर– बीएमडब्ल्यू, मर्सेडिज–बेन्ज र भक्सवागनले सन् २०२५ को पहिलो ६ महिनामा नाफामा ठूलो गिरावट आएको रिपोर्ट गरेका खबरमा उल्लेख छ । उनीहरूले अमेरिकी करले आम्दानीमा ठूलो धक्का लागेको बताएका छन् ।
सन् २०२४ को शुरुआतदेखि फोर्ड, स्टेलान्टिस, फक्सवागन, जेडएफ र बोश लगायत धेरै अटोमेकर र आपूर्तिकर्ताहरूले जर्मनी र अन्य युरोपेली देशहरूमा कर्मचारी कटौती वा प्लान्ट बन्द गर्ने घोषणा गरेका छन् ।







प्रतिक्रिया