दमक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले अहिलेको सरकारले समृद्धिको यात्रालाई गति दिएको बताउनु भएको छ ।
बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले विकास र समृद्धका लागि यो गठबन्धन कायम रहने पनि बताउनुभयो । उहाँले देशमा केही भएन भन्नेहरुले नागरिकमा भ्रम छरी रहेको पनि बताउनुभएको छ ।

मन्त्री दाहालले सवारी साधानमा इम्बोस्ड नम्बर जडानको २०७२ साल मै ठेक्का दिइसकेकाले अहिले यसलाई कार्यान्वयमा ल्याउन लागेको जानकारी दिनुभयो ।
उहाँले इम्बोस्ड नम्बर प्लेट सवारी धनीलाई सुरक्षा हुने, सरकारलाई सवारी नियमन गर्न सजिलो हुने र सवारीको यकिन तथ्यांक समेत आउने भएकाले यसलाई प्रयोगमा ल्याउन सुरु गरिएको बताउनु भयो । विश्व भाषाका रुपमा अंग्रेजीलाई राखिने भएकाले र सबै देशहरुले यसलाई अबलम्बन गर्दै आएको हुनाले यसलाई नेपाली पहिचान हराउँछ भन्ने कुरा नलिइदिन समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– इम्बोस्ड नम्बर अहिले सबैले जडान गरिहाल्नु पर्छ भन्ने होइन । यो नयाँ सवारी साधन खरिद गर्दा, बिलबुक नविकरण गर्दा क्रमशः बनाउँदै लैजानु पर्ने हो ।
प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटका सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए ।







प्रतिक्रिया