मुख्य समाचार

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ‘द हिडन ट्रेजर’ले शनिबार आयोजना गरेकाे मिस नेपाल २०२५ उपाधि लुना लुइँटेल, फस्ट रनर अप दिप्सिका नेपाल, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी, थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले । तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौँ, १४ भदौ – ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पार्नु भएको हो । उहाँलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिनुभयो ।
ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ‘द हिडन ट्रेजर’ले शनिबार आयोजना गरेकाे मिस नेपाल २०२५ उपाधि लुना लुइँटेल, फस्ट रनर अप दिप्सिका नेपाल, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी, थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले । तस्बिर : किरणराज विष्ट / रासस
प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता हुनुभयो ।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका  ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।

शेयर गर्नुहोस :

108
Shares