शिवसताक्षी । दोमुखा धार्मिक तथा पर्यकटीय व्यवस्थापन संस्थाको अध्यक्षमा मोहनबहादुुर कार्की निर्वाचित भएका छन् । उनले ४८७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी अध्यक्ष पदका दुई उम्मेद्वार मनबहादुर मगर र किरण ओलीलाई हराउँदै तीन वर्षे कार्याकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मगरले ४२६ मत प्राप्त गरेका छन् भने, आलीले १४६मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कार्की लोकतान्त्रिक समूहबाट रहेका थिए भने, मगर प्रगतिशिल समूहबाट आफ्नो उम्मेद्वारी दिएका थिए । ओलीले स्वतन्त्र रुपमा आफुलाई उभ्याएका थिए ।

त्यस्तैगरी प्रथम उपाध्यक्ष पदमा ६६८ मत प्राप्त गरी प्रेम जवेगु विजयी भएका छन् । सोही पदका उम्मेद्वार ठाकुरप्रसाद ढकालले ३५९ मत प्राप्त गरेका थिए ।
संस्थाको द्वितीय उपाध्यक्षमा ५२१ मत प्राप्त गर्दै इन्द्र न्यौपाने विजयी भएका छन् भने, सोही पदका उम्मेद्वार कृष्ण बस्नेतले ४६२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा तेजबहादुर भट्टराई विजयी भएका छन् । भट्टराई ५१९ मत प्राप्त गरी विजयी भएका हुन् भने, पदका उम्मेद्वार धनकुमार ढकालले ५०३ मत प्राप्त गरेका छन् ।
सह सचिवमा ५७२ मत प्राप्त गर्दै अग्नीप्रसाद राई विजयी भएका निर्वाचन समितिले जनाएको छ । सोही पदका उम्मेद्वार देवीबहादुर चेम्जोङ्ग ४२८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) ले ५३२ मत प्राप्त गर्दै विजयी भएकी छिन् । सोही पदकी रेनुका फुयलले ४८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सदस्य पदको मत गणना अन्तिम चरणमा रहेको छ ।







प्रतिक्रिया