Banner news

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी


थियानजिन (चीन), १५ भदौः प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी हुनुभएको हो ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहनुभएको छ । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

शेयर गर्नुहोस :

135
Shares