मेचीनगर । झापा गाउँपालिकाका विश्वदिप बेश्रा सन्थाल समुदायबाट पहिलो न्यायाधीस बनेका छन् । उनी सन्थाल समुदायबाट यति उच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत बेश्रालाई प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय भएपछि लोपोन्मुख सन्थाल जातिबाट पहिलो न्यायाधीस बन्ने अवसर मिलेको हो । उनीसँगै न्याय समूहबाट चार, कानुन र सरकारी वकिल एक जनाले नियुक्ति पाए ।

उनी सन्थाल समुदायबाट नेपालको पहिलो न्यायाधीस बनेपछि यस समुदायका अगुवाहरु भन्छन, ‘समावेशीकरणको उदाहरण देख्न पाउँदा गौरवान्वित छौ ।’ ‘अहिलेसम्म हाम्रो समुदायबाट यति उच्च पदमा केही पनि पुगेको थिएन्,’ झापा मेचीनगरका हरि टुडुले भने, ‘यो निर्णयले हाम्रो समुदायको शिर उच्च छ । ’ यो निर्णयबाट आफूलाई धेरै खुशी लागेको झापा कन्काई नगरपालिका वडा नम्बर —९ का वडा सचिव जिसु र्मुमुले प्रतिक्रिया दिए ।a
उनले नियुक्ति पाएलगत्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले खुसी व्यक्त गर्दे आफ्नो मुहारपुस्तिकामा लेखेका छन्, ‘जिल्ला न्यायाधीशमा योग्यता पुगेका जोसुकै नियुक्त हुन सक्छ्न् त्यो त्यति खुसी साट्नु पर्ने विषय होइन, तर विश्वदिप बेश्राले नेपालको न्यायिक इतिहासमा नयाँ इँटा थप्नु भयो । अत्यन्त लोपोन्मुख सन्थाल जातिबाट पहिलो सरकारी अधिकृत हुँदै आज जिल्ला न्यायाधीश हुन सफल हुनु भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको कठिन बाल्यकाल, त्यो समुदायप्रतिको सामाजिक कुसंस्कार र सारा दबित आवाजको बाबजुद यो चानचुने उपलब्धि होइन । न्यायको शाख श्रीवृद्धिमा तपाईंको योगदान अतुलनीय हुनेछ ।’
न्याय परिषद्को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर÷ उपरजिष्ट्रार अनुपमा पन्त धनुषालाई रौतहट जिल्ला अदालतमा नियुक्ति गर्दै पदस्थापना समेत गरेको थियो ।







प्रतिक्रिया