मुख्य समाचार

जन्मदिनको अवसरमा २५ हजार सहयोग

जन्मदिनको अवसरमा २५ हजार सहयोग


व्यवसायी राहत कोषमा रकम जुट्दै

बिर्तामोड  । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्काे सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ ।

एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राजु न्यौपाने नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्ष अघि सुरु गरेको राहत कोषमा करिव २५ लाख रुपैयाँ जम्मा भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए ।

आफ्नो जन्म दिनको अवसर पारेर वुधवार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले राहत कोषका लागि २५ हजार ५ सय रुपैयाँ प्रदान गरेकी छिन् । संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोष व्यवसायीका लागि उपयोगी भएको भन्दै जन्मदिनका अवसरमा श्रीमान् लक्ष्मी न्यौपानेसहित उपस्थित भएकी उनले सो रकम संघका संयोजक घिमिरे र महासचिव कुशल खतिवडालाई हस्तान्तरण गरेकी थिइन् ।

राहत कोषमा रकम हस्तान्तरण गर्दै आगामी दिनमा पनि संघलाई सहयोग पु¥याउने उनका श्रीमान लक्ष्मीले प्रतिवद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस :

81
Shares