मुख्य समाचार

सुशासन र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकताः मुख्यमन्त्री सोनल

सुशासन र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकताः मुख्यमन्त्री सोनल


धनुषा, ३० असोज –  मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि आज सञ्चारकमीसँग जनकपुरधाममा आज कुरा गर्दै उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि नै गठबन्धन सरकार बनेको उल्लेख गर्नुभयो । विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकी सहयात्री दलहरूको तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने बताउनुभयो ।

शेयर गर्नुहोस :

108
Shares