मुख्य समाचार

सीआईबीका डिएसपी भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान

सीआईबीका डिएसपी भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान


काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

७० औँ प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान गरेका थिए ।

भण्डारी कोभर्ट अपरेसन तथा अनुसन्धानमा अब्बल मानिन्छन् ।

शेयर गर्नुहोस :

81
Shares