मुख्य समाचार

सेमिन बप्तिस मण्डलीमा रक्तदान

सेमिन बप्तिस मण्डलीमा रक्तदान


भद्रपुर । झापाको भद्रपुर–७ सरस्वती टोलस्थित सेमिन बप्तिस मण्डलीले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मण्डलीको २५ औँ वर्षगाँठको पूर्वसन्ध्यामा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय ६ जना महिला र १० जना पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।

मण्डलीका पास्टर ओमप्रसाद पौडेल (डेविड) ले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले मण्डलीको रजत महोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

मण्डलीले यही कात्तिक १४, १५ र १६ गते बृहत रुपमा रजत महोत्सव मनाउने तयारी गरिरहेको पास्टर पौडेलले जानकारी दिए । उनका अनुसार कात्तिक १४ गते भारतसमेतबाट आमन्त्रित अतिथिहरुको बृहत सहभागितामा रजत महोत्सव उद्घाटन हुनेछ भने नवनर्मित भवन र चौतारोको उद्घाटन एवम् समारिका विमोचन हुनेछ । त्यस्तै, जीवनदर्शनका प्रवचनहरु दिइने पौडेलले बताए ।

शेयर गर्नुहोस :

27
Shares