मुख्य समाचार

अमेरिकामा ८ हजारभन्दा धेरै उडान रद्द

अमेरिकामा ८ हजारभन्दा धेरै उडान रद्द


अमेरिका – अमेरिकामा ठूलो हिउँदे आँधीका कारण ३ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका छन् । पूर्वी टेक्सासदेखि उत्तरी क्यारोलिनासम्म ठूलो आँधी आउँदा सप्ताहन्तमा उडान भर्ने तय भएका ३  हजार ४ सयभन्दा धेरै उडान रद्द भएका समाचार संस्था अलजजीराले जनाएको छ ।

उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’ का अनुसार आज कम्तीमा ३ हजार ४ सय उडान ढिलाइ वा रद्द भएका छन् । यस्तै भोलिका लागि ५ हजारभन्दा धेरै उडान रद्द भएका खबरमा उल्लेख छ ।

न्यु मेक्सिकोदेखि न्यु इङ्ग्ल्यान्डसम्मका झन्डै १४ करोड मानिस हिउँदे आँधीको चेतावनीमा रहेका अधिकारीहरूले बताएका छन् ।

मेरिल्यान्डमा रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रका मौसमविद् ज्याकब एशरम्यानले तीव्रता र क्षेत्रफलको हिसाबले यो आँधी यस हिउँदको अहिलेसम्मकै ठूलो भएको बताउनुभएको छ ।

एक दर्जनभन्दा धेरै राज्यका गभर्नरहरूले आपत्कालीन अवस्थाको घोषणा गर्दै मानिसहरूलाई घरमै बस्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

54
Shares