बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडका सरसफाई अभियान्ता सम्मानित

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघले सरसफाई अभियान्ता विष्णु प्रसाद आचार्यलाई सम्मान गरेको छ । वाणिज्य संघको चौथो वार्षिक साधारणसभाको अवसरमा आचार्यलाई नगद ११ हजार सहित सम्मान गरेको हो ।

आइतवार अतिथी सदनमा आयोजित संघको साधारणसभामा आचार्यसहित हालै निर्वाचित उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल र प्रदेश सदस्यमा निर्वाचित भुपाल कटवाललाई सम्मान गरिएको छ । सोहि कार्यक्रमको अवसरमा पत्रकार सुब्रत न्यौपाने र तुलसी निरौलालाई नगद ११ हजार सहित पुरस्कृत गरिएको छ । उधोग व्यवसायको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएकोमा उनीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

साधारणसभामा कोभिड–१९ ले उधोग व्यवसायको क्षेत्रमा ठुलो नोक्सान पु¥याएको चर्चा गरिएको छ । बिर्तामोड उधोग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लकडाउनले उधोग व्यवसायको क्षेत्रमा संकट सिर्जना भइरहेको बताए । उनले वाणिज्य संघको पहलमा उधोगी व्यवसायीलाई राहत प्रदान गर्नुपर्ने भए पनि सरकारले व्यवसायीको पीडामा मल्हम पट्टी लगाउन नसकेको बताएका छन् । उनले प्रतिवेदनमा सार्वजनिक गरेका विभिन्न गतिविधि मध्ये हालसम्म अन्तरािष्ट्रय औधोगिक व्यापार महोत्सव–२०७५ मात्रै महत्वपूर्ण देखिएको छ । उनको प्रतिवेदनमा व्यवसायीको हितमा उल्लेख्य काम गरेको उल्लेख छैन ।

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]